पोखरामा महिलालाई बियर खुवाएर सामुहिक बलात्कार गरेको आरोपमा तीन जना प्रकाउ

पाेखरा | बैशाख २७, २०८१

पोखरामा महिलालाई बियर खुवाएर सामुहिक बलात्कार गरेको आरोपमा तीन जना प्रकाउ

पोखरा:    पोखरामा महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।


सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले अमरसिंहचोकबाट तीन जनालाई मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा प्रकाउ गरेको हो । 


कास्कीको मादी गाउँपालिका–९ स्थायी घर भई पोखरा १० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ भगवतिटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र २९ वर्षीय विनोद परियारले महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 


उनीहरुले महिलालाई खाजा खान जाम भनी ललाई फकाई गरेर खेलकुद मैदानमा पार्किङ गरी राखेको ग १ ख ६५९५ नम्बरको बस भित्र लगी बियर खुवाएर जबरजस्ती गरेको अवस्थामा अमरसिंहचोकबाट खटिएको सीआरभी प्रहरीको टोलिले प्रकाउ गरेको डीएसपी शर्माले बताए । 

 

प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जबरजस्ती करणी (सामुहिक) मुद्धामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाईने डीएसपी शर्माले बताए । 


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्