पोखरामा महिलालाई बियर खुवाएर सामुहिक बलात्कार गरेको आरोपमा तीन जना प्रकाउ
पाेखरा | बैशाख २७, २०८१
पोखरा: पोखरामा महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।
सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले अमरसिंहचोकबाट तीन जनालाई मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा प्रकाउ गरेको हो ।
कास्कीको मादी गाउँपालिका–९ स्थायी घर भई पोखरा १० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२ भगवतिटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र २९ वर्षीय विनोद परियारले महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
उनीहरुले महिलालाई खाजा खान जाम भनी ललाई फकाई गरेर खेलकुद मैदानमा पार्किङ गरी राखेको ग १ ख ६५९५ नम्बरको बस भित्र लगी बियर खुवाएर जबरजस्ती गरेको अवस्थामा अमरसिंहचोकबाट खटिएको सीआरभी प्रहरीको टोलिले प्रकाउ गरेको डीएसपी शर्माले बताए ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट जबरजस्ती करणी (सामुहिक) मुद्धामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाईने डीएसपी शर्माले बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

